२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट परम्परागत ढाँचामै सीमित, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव नहुने सुरेन्द्र पाण्डेको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारद्वारा प्रस्तुत हालको बजेटलाई पुरानै ढाँचा र परम्परागत सोचबाट प्रभावित दस्ताबेजका रूपमा टिप्पणी गरेका छन्।

बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई उत्साहित पार्ने प्रयास गरे पनि कार्यान्वयनका लागि आवश्यक आधार कमजोर रहेको धारणा राखे।

उनका अनुसार बजेटमा उल्लेख गरिएको करिब साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नु व्यवहारिक रूपमा कठिन देखिन्छ। साथै, राजस्व संकलनको लक्ष्य तथा वैदेशिक ऋण परिचालनसम्बन्धी अनुमान पनि यथार्थमा आधारित नभएको उनको भनाइ थियो।

पूर्वअर्थमन्त्री पाण्डेले सरकारका महत्वाकांक्षी लक्ष्यहरू व्यवहारिक आधारबिना तय गरिएको टिप्पणी गर्दै ती पूरा हुने सम्भावना कमजोर रहेको दाबी गरे। उनले करिब ६ खर्ब रुपैयाँ बराबरको वैदेशिक ऋण प्राप्त गर्ने अपेक्षा पनि सहज नहुने स्पष्ट पारे।

बैंकीङ क्षेत्रको अवस्थालाई उल्लेख गर्दै उनले निजी क्षेत्रमा अपेक्षित मात्रामा कर्जा प्रवाह नहुनु वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा देखिएको बताए। पर्याप्त लगानीयोग्य स्रोत परिचालन नभएसम्म विकास निर्माणका कामले गति लिन नसक्ने उनको निष्कर्ष थियो।

यसै अवसरमा उनले नेकपा (एमाले) को संगठनात्मक स्वरूप र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको धारणा राखे। बदलिँदो प्रविधि र सामाजिक संरचनासँग मेल खाने गरी पार्टीलाई परम्परागत भौतिक संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने उनले बताए।

उनले आधुनिक प्रविधिको प्रयोगबिना राजनीतिक दलहरू प्रभावकारी रूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै संगठनात्मक पुनर्संरचनाको आवश्यकता औँल्याए। डिजिटल युगका चुनौतीलाई आत्मसात् गर्न नसके पार्टी प्रतिस्पर्धामा पछि पर्न सक्ने उनको चेतावनी थियो।

फरक प्रसंगमा नेता पाण्डेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा नेपालले भारतसँग सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्टता आवश्यक रहेको बताए। उनले राष्ट्रिय सीमा र सार्वभौमिकतासम्बन्धी विषयमा बोल्दा तथ्य र प्रमाणका आधारमा मात्रै अभिव्यक्ति दिनुपर्नेमा जोड दिए।

0 Comments