काठमाडौँ । धनकुटामा भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका अनुसार बिहीबार अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई माथि जिल्ला अदालत धनकुटाबाट बिहीबार नै ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।







