काठमाडौँ । प्रहरीले सचिव डा. कृष्णहरि पुष्करसँग सामान्य सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई बिहीबार सोधपुछ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई म्यासेज पठाएको विषयलाई लिएर उनीसँग सोधपुछ भएको बताइएको छ । उपराष्ट्रपतिको कार्यालयका सचिव रहेका पुष्करले कुनै विषयमा ‘रिपोर्टिङका क्रममा जानकारीका लागि’ म्यासेज पठाएको भन्ने बुझिएपछि सोही विषयमा सामान्य सोधपुछ गरिएको प्रशासन स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सोधपुछपछि उनी घर फर्किसकेका छन् ।







