काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले शनिवार एक सूचना जारी गर्दै खरिदार पदको प्रथम चरणको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नम्बर १६३०२–६३०५/०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना
यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विज्ञापन नं.३५–०८१/८२ (खुला तथा समावेशी), इन्जिनियरिङ्ग/प्राविधिक सेवा/समूह, तह ५, वरिष्ठ प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना







