२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार

अ+ अ-

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाडौँ महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आज प्रहरीले उद्धार गरेको हो । उनीहरू हराएको सूचना जिल्ला प्रहरी परिसर ललितपुरको परिचालन कक्षमा प्राप्त हुनासाथ तत्काल उद्धार टोली परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरी अलपत्र परेका तीनै जनालाई सकुशल उद्धार गरेको थियो । प्रहरी उपरीक्षक मिश्रका अनुसार पछिल्ला दिनमा साप्ताहिक बिदाको अवसर पारेर फुल्चोकी क्षेत्र घुम्न जाने र घना जङ्गलमा बाटो बिराएर अलमलिने घटना बढेका छन् । शनिबार पनि फुल्चोकी क्षेत्रमा बाटो भुलेका चार जनाको प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको थियो ।

प्रहरीले फुल्चोकीलगायत जङ्गल तथा पदयात्रा गर्दा समूहमा जान, आवश्यक सामग्री साथमा राख्न तथा निर्धारित बाटो मात्र प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

0 Comments