२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही क्रिकेट संघको अधिवेशन सुरु, नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने संकेत

अ+ अ-

काठमाडौँ । रुपन्देही क्रिकेट संघको ३०औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सोमबार भैरहवामा सुरु भएको छ। आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनसँगै जिल्लामा क्रिकेट विकाससम्बन्धी नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यसहित अधिवेशन अघि बढाइएको हो।

अधिवेशनको उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले रुपन्देही क्रिकेटप्रतिको समर्पण र सक्रियताका कारण देशभरका क्रिकेट संघमध्ये यो जिल्ला अग्रणी स्थानमा रहेको टिप्पणी गरे। उनले जनशक्ति, लगन र निरन्तर क्रियाशीलताका आधारमा रुपन्देहीले क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरे।

उनले रुपन्देहीलाई उपेक्षा गरिए समग्र राष्ट्रिय क्रिकेट विकासमै असर पर्न सक्ने चेतावनी दिँदै संघले यस जिल्लालाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। साथै, क्रिकेट पूर्वाधार, प्रशिक्षक, खेलाडी र अम्पायर उत्पादनमा रुपन्देहीको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो।

चन्दले मुलुकमा क्रिकेट लोकप्रिय हुँदै गएको भए पनि अझै धेरै पहाडी तथा तराई क्षेत्रहरूमा पर्याप्त खेल मैदान अभाव रहेको बताए। उनले क्रिकेट विकासमा योगदान दिन चाहने व्यक्तिहरूलाई सदस्यता प्रदान गर्ने प्रक्रियामा विद्यमान नियमले कठिनाइ सिर्जना गरेको भन्दै नियम संशोधन आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले रुपन्देहीलाई लुम्बिनी प्रदेशकै क्रिकेट विकासको प्रेरणादायी जिल्ला भन्दै सिद्धार्थ क्रिकेट मैदानको व्यवस्थापन स्तरसमेत प्रशंसनीय रहेको बताए। उनले खेलाडीको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै नेतृत्वले जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जिल्लामा क्रिकेट विकासका लागि विभिन्न क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको बताउँदै सबैको योगदानले संघ अघि बढिरहेको उल्लेख गरे।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विगतदेखि वर्तमानसम्मका नेतृत्वको निरन्तर प्रयासका कारण रुपन्देहीमा क्रिकेट विकासले गति लिएको बताइन्। उनले स्थानीय तहबाट क्रिकेट पूर्वाधार विकासका लागि निरन्तर बजेट विनियोजन भइरहेको जानकारी दिइन्।

त्यसैगरी, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष कोशिशबहादुर खड्का, जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष एकराज विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य आशा गुरुङ तथा सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठलगायतले पनि जिल्लाको क्रिकेट अवस्थाबारे आ-आफ्ना धारणा राखेका थिए।

यसैबीच, अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सहमति नजुटे अध्यक्ष पदमा वर्तमान अध्यक्ष हरिबहादुर थापा र पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। दुवै पक्षले अलग–अलग प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेको जनाइएको छ।

निर्वाचन तथा अधिवेशन सञ्चालनका लागि लुम्बिनी प्रेस क्लबका सल्लाहकार कुलमणि ज्ञवाली, महासचिव प्रकाश न्यौपाने र कोषाध्यक्ष विष्णु भट्टराई रहेको निर्वाचन मण्डल गठन गरिएको छ।

0 Comments