१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ मा, चार विषयमा केन्द्रित हुने छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस अन्तर्गतको नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने भएको छ। प्रतिष्ठानका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि तय गरिएको छ।

बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको सहभागिताका लागि औपचारिक अनुरोध गरिएको जनाइएको छ। नीति निर्माण तथा वैचारिक बहसलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

निर्धारित एजेन्डाअनुसार विभिन्न उपसमितिका संयोजकहरूले तयार पारेका अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी प्रस्तावित आन्तरिक आचारसंहितामाथि विस्तृत समीक्षा र छलफल गरिनेछ।

प्रतिष्ठानको कार्यक्षेत्र विस्तारका लागि थप उपसमितिको जिम्मेवारी बाँडफाँट सम्बन्धी विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ। यसबाहेक समसामयिक राजनीतिक तथा नीतिगत विषयमा समेत सदस्यहरूबीच विचार आदानप्रदान हुने बताइएको छ।

काँग्रेसले नीति प्रतिष्ठानमार्फत पार्टीको वैचारिक, नीतिगत तथा संगठनात्मक पक्षलाई थप सुदृढ बनाउने प्रयास गरिरहेको सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

0 Comments