२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान उक्लिँदै १५औँ स्थानमा, स्कटल्यान्ड पछि

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरियता सूचीमा नेपालले सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि १६औँ स्थानमा रहेको नेपालले एक स्थान माथि उक्लिँदै स्कटल्यान्डलाई पछि पारेको हो।

नयाँ वरियता अनुसार स्कटल्यान्ड १६औँ स्थानमा झरेको छ भने नेपाल अब एसोसिएट राष्ट्रमध्ये अमेरिका र नेदरल्यान्ड्सपछि तेस्रो स्थानमा रहेको छ।

वरियताको शीर्ष स्थानमा भारत कायम रहेको छ। सूचीअनुसार १२औँ स्थानसम्म टेस्ट मान्यता प्राप्त राष्ट्रहरूको वर्चस्व रहेको देखिएको छ।

अन्य एसोसिएट राष्ट्रहरूको सूचीमा नामिबिया १७औँ, संयुक्त अरब इमिरेट्स (युएई) १८औँ, ओमान १९औँ र क्यानडा २०औँ स्थानमा रहेका छन्।

पछिल्लो समय नेपाली टोलीले टी-२० ढाँचामा उल्लेखनीय प्रदर्शन गर्दै आएको छ। हालै सम्पन्न एसियन गेम्स क्वालिफायरमा नेपाल विजेता बनेको थियो। 

साथै, पछिल्ला सात टी-२० खेलमध्ये छ खेलमा जित हासिल गर्दै टोलीको प्रदर्शन लगातार सुधारिएको देखिएको छ।

0 Comments