१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूधमा अनुदानबापत २१ लाख ५५ हजार वितरण

अ+ अ-

दमौली (तनहुँ) । यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत रु २१ लाख भन्दा बढी रकम वितरण गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा रु २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन् । उत्पादनका आधारमा प्रति लिटर रु छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरेका छन् । 

अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीतिअन्तर्गत अनुदान वितरण गरिएको बताए। उनले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए । 

अध्यक्ष चुमानले भने, “कृषकले उत्पादन गरेअनुसार प्रत्यक्ष लाभ पाउने व्यवस्था गरिएकाले यसले दुग्ध उत्पादन वृद्धि गर्न थप प्रेरणा दिएको छ । रकम कृषकहरूको हातमा पुगेको छ, जसले उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ । 

आगामी दिनमा उत्पादनमुखी र कृषकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।”

0 Comments