२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

अ+ अ-

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहीबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। 

जिल्लाका छ वटा स्थानबाट छ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये इनरुवा-१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको  लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।  बर्जु-४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका-५ बाट रु ३० हजार ९१०, इनरुवा-६ बाट रु ३० हजार, दुहबी-३ र कोशी-५ बाट क्रमशः : १० हजार ६९७ र रु १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए । 

0 Comments