२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।

 त्रिपाठीले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका राजन गौतमले १ सय ८२ मत पाएका थिए भने सभापतिका उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेका छन् । 

रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका हुन्।

शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि मात्र ४ जनाले उम्मेदवारी दिएका थिए।

त्रिपाठी यसअघि प्रदेश समिति महामन्त्री थिए। सभापति पदमा दोहोरिन चाहेका प्रतिनिधि सभा सांसद राजन गौतमले १८२ मत पाए भने सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले जम्मा २ मत पाएका थिए।

शुक्रबार राती भएको मतदानमा कुल ७८० अधिवेशन प्रतिनिधि रहे पनि ४३७ जनाले मतदान गरेका थिए ।

रास्वपाको विधान अनुसार प्रदेश समिति ४७ सदस्यीय हुन्छ । जसमा ११ जिल्ला सभापति सदस्य रहने व्यवस्था छ भने २ जना सदस्य सभापतिले मनोनीत गर्नेछ । प्रदेश समितिमा सभापतिसहित ३४ जना निर्वाचित हुने व्यवस्था छ । 

यस्तै, प्रदेश सदस्यका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकाङ्क्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेदवार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १(१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेदवारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएको भएपनि उनीहरूको विवरण आउन बाँकी छ ।

प्रदेश सदस्यका लागि ५१ आकाङ्क्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मिना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा)र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

0 Comments