२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । 

बिहानरबेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो । 

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए। “तीन विपन्न परिवारका लागि भूकम्पप्रतिरोधी घर निर्माण गरिएको छ । जीर्ण घरमा बस्दै आएका मंगलटारका भया दमाईं र डिकुवाका देशवीर राईका लागि पनि घर निर्माण सम्पन्न भइसकेको छ ।” 

उनले भने, “बाँकी दुई परिवारलाई चाँडै औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारीमा छौँ । आफ्नो घर अभावमा अरूको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ ।”

आफ्नो घर नभएपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवार भूकम्प प्रतिरोधी घर पाएसँगै हर्षित भएका छन् । नगरपालिकाको १३६ औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको थियो । 

नगर कार्यपालिकाको निर्णयअनुसार अर्खौलेका टेकबहादुर, मंगलटारका भया दमाई र डिकुवाका देशवीर राईका लागि प्रतिपरिवार रु पाँच लाख बराबरको लगानीमा घर निर्माण गरिएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। 

अर्खौले जन्मस्थान भई करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँका स्थानीयको घरमा बस्दै आएका सार्की परिवार गत भदौमा आफ्नो गाउँ फर्किएका थिए । दैनिक ज्यालादारी तथा बनीबुतोको काम गरेर परिवार पाल्दै आएका टेकबहादुरको श्रीमती र १० वर्षीय छोरा छन् । 

हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने भएको छ । काठमाडौँमा बस्दै आएका अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित तीन परिवारले पुन:स्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएको नगरप्रमुख राईले जानकारी दिए। 

विस्थापित परिवार आफ्नो नगरपालिका फर्किएर स्थायी रूपमा बसोबास गर्न चाहेका खण्डमा उनीहरूका लागि रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुन:स्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरूका नाममा जग्गा भने हुनुपर्ने जनाइएको छ ।

Leave a Reply