१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक

अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समितिले रु. सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ । ठूलो रकम फर्छ्यौट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाइ छ । 

समितिका सभापति भरतबहादुर खड्काले वर्षौँदेखि सार्वजनिक निकायसँग बेरुजुको रकम बढ्दा सरकारी निकायप्रति नै कार्यक्षमता र कार्यशैलीतर्फ प्रश्न उब्जिएकाले पनि योजनाबद्ध र आक्रामक शैलीमा बेरुजु फर्छ्यौट गर्ने गृहकार्यमा जुटेको बताए ।

 “सधैँभरि बेरुजु भनेर मात्रै हुँदैन । अब बेरुजुलाई सधैँका लागि अन्त्य गर्ने प्रयास गरेर अघि बढ्न जरुरी भइसकेको छ, पहिलो चरणमा समितिले सरकारी निकायसँग बेरुजुको अवस्था र कारणको विषयमा विस्तृत रूपमा छलफल गरेर नीतिगत रूपमा सुधार देखिने गरी काम गर्न लागिरहेका छौँ”, उनले भने ।  

 महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सङ्घीय सरकार मातहत मात्रै रु. तीन खर्ब ७८ अर्ब ५३ करोड ६४ लाख बेरुजु देखाएको छ । साथै प्रदेश सरकार मातहत रु. ३३ अर्ब ९६ करोड ९० लाख र स्थानीय तह मातहत रु. दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख बेरुजु छ । त्यस्तै, समिति र अन्य संस्था मातहत भने  रु एक खर्ब २२  अर्ब १९ करोड ४२ लाख रकम बेरुजु रहेको जनाइएको छ । 

महालेखापरीक्षकको प्रतिवेदनअनुसार अर्थ मन्त्रालय मातहत रु. ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको छ भने साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रु. सात अर्ब १० करोड ३३ लाख बेरुजु छ । 

त्यस्तै, साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रु. एक अर्ब ५३ करोड ६६ लाख, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रु एक अर्ब ३४ करोड ५७ लाख, साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत भने रु. एक अर्ब १६ करोड ६८ लाख बेरुजु छ । 

0 Comments