१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्तेढुंगा गाउँपालिकाका उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत 

अ+ अ-

खोटाङ । जन्तेढुंगा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही रु १०  हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए । गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अंक ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ । 

गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी मावि बोपुङका छात्रा दीपशिखा राई र ३.३२ जिपिए अंक ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका सुनिल कटवाललाई जनही रु १० हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । यस्तै, जिल्लास्तरीय परीक्षा(डिएलइ)मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गर्ने तीन विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ । 

डिएलइमा ३.६२ जिपिएर ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माविकी ग्रिष्मा राई र ३.६ जिपिए अंक ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका अविनाश राई, चिसापानी नमूना माविका छात्र संयोग पोखरेललाई जनही रु १०  हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृष्ट अंक ल्याएर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई गाउँपालिका प्रमुख अरुणादेवी राई, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुराइँले पुरस्कृत वितरण गरे । 

0 Comments