२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ । 

कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव रेग्मीले एक पटकका लागि शैक्षिक योग्यतामा सुविधा दिने, पुरानालाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई आयोगले स्वीकार नगर्ने बताए । “त्यो भनेको प्रतिस्पर्धात्मक सिद्धान्तका विपरीतका विषयहरू हुन्, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता लोक सेवा आयोगको मूल मर्म हो”, उनले भने । 

‘लोक सेवा आयोगको प्रतिबद्धता, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता’ लाई आयोगले मूल मन्त्र मानेको उनको भनाइ छ ।  

आयोगले नेपालको संविधानअनुसार निजामतीका साथै सरकारी र सुरक्षा निकाय र संगठित संस्थाहरूको पनि पदपूर्तिको जिम्मेवारी बहन गर्दै आइरहेको अध्यक्ष रेग्मीले बताए।

“सबैभन्दा सम्मानित र सबैको विश्वास आर्जन गरेको संस्था भएको हुनाले यसलाई निजामती मात्रै होइन, अब सङ्गठित संस्था र सुरक्षा निकायको पनि जिम्मेवारी दिनुपर्छ भनेर नेपालको संविधानले सङ्गठित संस्था र सुरक्षा निकायको समेत चाहिँ जिम्मेवारी आयोगलाई दिएको छ,” उनले भने । 

प्रभातफेरीमा आयोगका सदस्य र कर्मचारीहरूको सहभागिता थियो । 

0 Comments