२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

अ+ अ-

रौतहट । रौतहटको गौर र भारतको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले अन्तर्राष्ट्रिय नियमविपरीत एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ।

सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम छ। तर भारतीय पक्षले यो प्रावधानको बेवास्ता गर्दै बाँध मर्मतको नाममा माटो थपेर त्यसको उचाइ र चौडाइ बढाउने काम गरिरहेको छ।

छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति नपुर्‍याउनका लागि कुनै पनि देशले आफ्नो सिमानामा यस्तो संरचना बनाउन पाउँदैनन्। बैरगनिया क्षेत्रको यही बाँधकै कारण वर्षायाममा बाढीको प्राकृतिक बहाव थुनिने र त्यसले सदरमुकाम गौरसहित दर्जनौँ नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय अमित केशरीले बताए।

भारतले आफ्नो भूमि बैरगनियालगायतका बिहारका सहरहरूलाई डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान हुने गरेको केशरीको भनाइ छ। भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रमा रहेको बाँधका तीनवटा ढोका (सुलीसगेट) बन्द गरिदिने गरेका कारण हरेक वर्ष गौर नगर क्षेत्र जलमग्न हुने गरेको छ। गौर डुबानमा परेपछि नेपालीहरूले बाँध भत्काउने र सुलीसगेट खोल्ने डरले भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को टोली हतियारसहित २४सै घण्टा बाँधमा तैनाथ रहने गरेको जानकारी पनि केशरीले दिए।

बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले निकास पाउँदैन। जसका कारण पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठले जानकारी दिए।

बैरगनिया क्षेत्रको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव रोकिने र यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताए। गौरमा बाढीको पानी निकास हुने ठाउँ नहुँदा बर्सेनि ठूलो धनजनको क्षति हुँदै आइरहेको छ। केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी) ले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो।

नेपाल-भारत दुई देशबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताए। भारतले आफ्नो भूमि जोगाउन लगाएको बाँध मर्मतको बाहनामा अहिले मनपरी ढङ्गले माटो थपेको र चौडाइ पनि बढाइरहेको गुप्ताको भनाइ छ।

भारतले एकतर्फी रूपमा पूर्वमा वाग्मती नदीदेखि र पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्मको पाँच किलोमिटर क्षेत्रसम्म बाँध निर्माण गरेका कारण बर्सेनि गौर नगर क्षेत्र डुबानमा पर्ने गरेको उनले उल्लेख गरे। विसं २०७७ मा आफू नगरप्रमुख हुँदा गौर नगरपालिका-२ महादेवपट्टि गाउँस्थित बकैया नदीमा तटबन्ध गर्दा भारतीय पक्षले अवरोध गरेको सम्झिँदै पूर्व नगरप्रमुख गुप्ताले अहिले भारतले आफूखुसी बाँध बलियो बनाइरहेको र बाँधमुनिको सुलीसगेट बन्द गरेपछि गौरवासी झन् समस्यामा परेको बताए।

यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामाढी जिल्लाका प्रमुख (डीएम)रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकर्षण गराएको बताएका छन्। प्रजिअ भुसालका अनुसार डिएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएकी छिन्।

दुई देशको सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

भारतले एकपक्षीय रूपमा बाँध बाँधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकाम गौरका नौवटै वडा र इशनाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन्। यस क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौँको धनजन तथा बालीनालीको क्षति हुँदै आइरहेको छ।

0 Comments