२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माझीफेदामा परिवर्तित युवा क्लबको उत्साह: कक्षा ८ सम्मका विद्यार्थीलाई छाता वितरण, एसइई उत्तीर्ण विद्यार्थी र बुद्ध हिमालय माविलाई सम्मान

अ+ अ-

काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका-३ माझीफेदास्थित बुद्ध हिमालय माध्यमिक विद्यालयमा विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

परिवर्तित युवा क्लबले बुद्ध हिमालय मा.वि, किरणदय आ.वि, सूर्य हिमालय आ.वि. र पुष्पाञ्जली प्रा.विमा कक्षा ८ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई छाता वितरण गरिएको थियो । साथै, माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा बधाई प्रदान गरिएको थियो । विद्यालयले एसईईमा शतप्रतिशत नतिजा हासिल गर्दै चौंरीदेउराली गाउँपालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको अवसरमा विद्यालयलाई समेत सम्मान गरिएको क्लबले जनाएको छ ।

सोही अवसरमा बुद्ध हिमालय माध्यमिक विद्यालयद्वारा सञ्चालित अक्षयकोषमार्फत एसइई उत्तीर्ण उत्कृष्ट विद्यार्थी सम्मान, सम्पूर्ण विद्यार्थीलाई स्टेसनरी वितरण, वार्षिक परीक्षाका पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । साथै, अभिभावक भेलाको पनि आयोजना गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर गौतमको अध्यक्षता तथा वडा नं. ३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखाका प्रतिनिधि केपी पाण्डे, अक्षयकोषदाता, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा अक्षयकोषका सल्लाहकार रमेश गौतम र कार्यसमिति सदस्य निर्मला गौतमले विद्यालयलाई भलिबल, फुटबल, भलिबल नेटलगायत खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । त्यसैगरी, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालय परिसरमा रहेको बगैँचा संरक्षणका लागि तारजाली प्रदान गरेको थियो ।

कार्यक्रममा शिक्षक ऋषिप्रसाद पन्तले सञ्चालनको जिम्मेवारी निर्वाह गरेका थिए भने स्वागत मन्तव्य शिक्षक निशान धामीले व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक तथा अक्षयकोषका सचिव राजु चौलागाईंले कार्यक्रमको औचित्य, अक्षयकोषको योगदान तथा विद्यालयका गतिविधिबारे जानकारी गराउँदै विद्यालयको स्थापना कालदेखि हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै महानुभाव तथा अक्षयकोषदाताप्रति आभार व्यक्त गरे ।

विद्यालयले आफ्नो कार्यक्रम तालिकाअनुसार परिवर्तित युवा क्लबलाई विशेष समय उपलब्ध गराएको थियो । उक्त सत्रमा क्लबकी सदस्य सुजिता चौलागाईंले कार्यक्रम सञ्चालन गरेकी थिइन् । क्लबका सचिव रिन्छेन लामाले क्लबको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे जानकारी दिँदै समाजसेवामा सक्रिय हुन तथा सामूहिक रूपमा समाज विकासमा योगदान दिन अभिभावक र एसईई उत्तीर्ण विद्यार्थीहरूलाई आह्वान गरेका छन् ।

उनले उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै विद्यार्थीको सफलतामा शिक्षकहरूको योगदान महत्त्वपूर्ण रहने उल्लेख गरे । कार्यक्रममा क्लबका अध्यक्ष कमल काफ्लेलगायत कार्यसमितिका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

यस कार्यक्रमले विद्यालय, अभिभावक, सहकारी संस्था, अक्षयकोषदाता तथा युवा क्लबबीचको सहकार्यलाई अझ सुदृढ बनाएको छ।सहभागीहरूले यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए। शिक्षा र समाज रूपान्तरणका लागि सबै पक्षको साझा प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

0 Comments