१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मप विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार ३ गते एकै दिन गर्ने भएको हो । 

चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा. विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको राससलाई जानकारी दिए । उनका अनुसार कूल विद्यार्थीमध्ये ४५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् ।

विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्ने गरी तय भएको उनले बताए । संयोजक डा. खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट यस छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् ।

समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने संयोजक डा. खड्काले जानकारी दिए । मप विश्वविद्यालयका उपकुलपति डा. नारायणप्रसाद पौडेलले सभामा आम्दानीको खर्च, आगामी आव २०८३/०८४ को प्रस्तावित रु. एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताए । 

0 Comments