२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन

अ+ अ-

काठमाडौँ । मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न विपक्षी दलले माग गरेपछि केही समयका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सञ्चालनमा आएको छ ।

बजेटसम्बन्धी छलफल चलिरहँदा मन्त्रीहरू सदनमा उपस्थित नभएको विषय उठाउँदै विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि सभामुखले आवश्यक समन्वयका लागि बैठक करिब १५ मिनेटका लागि स्थगित गरेका थिए।

बैठक पुनः सुरु हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भएका थिए।

आठ मन्त्रालयको बजेटमाथि छलफल भइरहेको अवस्थामा छ जना मन्त्री मात्र उपस्थित रहेको भन्दै राजेन्द्र राई ले प्रतिनिधिसभामा असन्तुष्टि व्यक्त गरेका थिए। जवाफमा सभामुखले अन्य मन्त्रीहरू पनि सदनतर्फ आउने क्रममा रहेको जानकारी गराएपछि बैठकको कार्यसूचीलाई निरन्तरता दिइएको थियो।

विपक्षी दलले मन्त्रालयगत बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरूको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको धारणा राख्दै आएको छ।

0 Comments