२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा प्रहरीको स्वीप अपरेसन: ९२ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ

अ+ अ-

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाका विभिन्न शङ्कास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष र चार महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र नौ जना कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकबाहेक ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ र तीन ग्राम ९०० मिलीग्राम गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार लागु औषधसहित फेला परेका मुख्य कारोबारीहरूमा दमक नगरपालिका–३ बस्ने २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीया सरिता राजवंशी रहेका छन् । उनीहरूको साथबाट छ ग्राम ९० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ । यस्तै, बिर्तामोड नगरपालिका–६ बस्ने १८ वर्षीय देवेन्द्र विकको साथबाट एक ग्राम ४२० मिलीग्राम र बिर्तामोड–३ घर भई हाल वडा नं ४ मा डेरा गरी बस्ने ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट ३०० मिलीग्राम खैरो हेरोइन फेला परेको छ ।

त्यसैगरी, प्रतिबन्धित गाँजा तीन ग्राम ९०० मिलीग्रामसहित बिर्तामोड नगरपालिका–४ बस्ने २६ वर्षीय चाल्स लिम्बू र वडा नं ३ बस्ने ३० वर्षीय उमेश राजवंशी पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित ‘एलेक्स’ भन्ने सुरज ढकालको घर कोठा खानतलासी गर्दा २० ग्राम ४१० मिलीग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

चितवन भरतपुर महानगरपालिका–१४ बस्ने २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बस्ने ६० वर्षीया सीता राजवंशीको साथबाट १० ग्राम ७७० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार नियन्त्रणमा लिइएका नौ जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिइएका अन्य लागुऔषध सेवनकर्ताहरूलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुन:स्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको छ ।

Leave a Reply