२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी बजेट सुधार गर्न रास्वपा सांसद मगरको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजना र पूर्वाधारलाई समेट्ने गरी बजेट पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मगरले आर्थिक स्रोतको विनियोजन गर्दा कठिन भौगोलिक अवस्था भएका क्षेत्रका नागरिकको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराउँदै झापा मात्र नभई जुम्ला, हुम्लालगायत दुर्गम क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधान हुने गरी बजेट व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् ।

सडक पूर्वाधारको अभावका कारण विभिन्न स्थानका बासिन्दाले दैनिक आवतजावतमा जोखिम र अतिरिक्त समय खर्च गर्नुपरेको उल्लेख गर्दै सांसद मगरले यस्ता योजनामा सरकारले आवश्यक लगानी गर्न ढिलाइ गर्न नहुने बताइन् ।

उनले इलामको बतासे क्षेत्र हुँदै मदन भण्डारी राजमार्गसँग जोडिने सडक निर्माण भए करिब ५ सय घरधुरीलाई सहज हुने उल्लेख गरिन् । हाल उक्त क्षेत्रका नागरिकले लामो दूरी तय गरी फिक्कल हुँदै यात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै छोटो र सुरक्षित मार्ग निर्माणका लागि बजेट आवश्यक रहेको उनको भनाइ थियो ।

सांसद मगरले जनताको दैनिकीसँग जोडिएका तथा जोखिम घटाउने पूर्वाधार योजनालाई बजेटमा पर्याप्त स्थान दिनुपर्नेमा जोड दिइन् ।

Leave a Reply