३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ

अ+ अ-

नेपालगन्ज । प्रहरीले बाँकेमा एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  

अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका प्रतिवादीमध्ये खोज तलासका क्रममा गत जेठ महिनामा ७७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए। 

उनका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट रु एक करोड ५९ लाख २३ हजार २७४ जरिवानासमेत असुल गरिने भएको छ । 

प्रतिवादीबाट १४ वर्ष एक महिना तीन दिनको कैद भुक्तानी गराइने राठौरको भनाइ छ । अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहेका व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीतिअनुसार लुकेर बसेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको उनले बताए।

केही वर्षदेखि जिल्लामा निरन्तर रूपमा चलिरहेको फरारलाई पक्राउ गर्ने अभियानअन्तर्गत हरेक महिनामा २५ देखि ८० जना हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतबाट फैसला भएर सजाय तथा जरिवाना पाएकाले अझै पनि आफैँ अदालतसमक्ष पुगेर अदालतको फैसलाको सम्मान नगरेको हुँदा उनीहरूको खोजी भइरहेको छ ।

फरार प्रतिवादी खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रूपमा भइरहेको बताइन्छ । जेठ महिनामा कुल १५९ वटा मुद्दा दर्ता गरिएकामा जघन्य अपराधका १४, गम्भीर अपराधका ५२ र बाँकी सामान्य अपराधका मुद्दा रहेका थिए ।

यीमध्ये महिला तथा बालबालिकासम्बन्धी १३ र ज्येष्ठ नागरिकसम्बन्धी १४ तथा आर्थिक अपराधसम्बन्धी ३४ मुद्दा रहेका छन् । 

0 Comments