२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

अ+ अ-

काठमाडौँ । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं.७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गरेका हुन् ।

डोटीको सदरमुकाम सिलगढीबाट करिब १३५ किलोमिटर पश्चिम दक्षिणी भेकमा स्थापना गरिएको सो वेसमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यससँगै सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन वेसको सङ्ख्या १६ पुगेको छ । जसमध्ये बागमतीमा चार, सुदूरपश्चिममा तीन, कोशी, मधेस, गण्डकी र कर्णालीमा दुई–दुई र लुम्बिनी प्रदेशमा एक वटा वेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले गत वैशाख महिनामा चतरा (सुनसरी), भारदह (सप्तरी), भकुण्डेवेशी (काभ्रेपलाञ्चोक), आरुघाट (गोरखा), बालडाँडा (जुम्ला) र डुडेझरी (कैलाली)मा विपद् व्यवस्थापन वेस स्थापना गरेको थियो ।

धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा सशस्त्रको विपद् व्यवस्थापन वेस सञ्चालनमा छ । सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङ वेसमा सशस्त्रका गोताखोर तैनाथ छन् भने अन्यमा तालिम प्राप्त टोली रहेको उहाँले जानकारी दिए । 

Leave a Reply