काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले नेपाल प्रहरीका ११७ जना प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरूको बढुवा तथा पदस्थापन गरेको छ ।
प्रहरी उपरीक्षकको शुक्रवार गरेको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्राविधिक प्रहरी हवल्दार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका ११७ जना कर्मचारीहरूलाई पदस्थापन गरिएको हो।







