२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा दुई अटो ठोक्किँदा ९ जना घाइते, एक जना गम्भीर घाइते

अ+ अ-

काठमाडौँ । जिल्ला दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुई अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ।

फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ७१४७ नम्बरको अटो एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा रा १ ह ४४६५ नम्बरको अटो चालक तुलसीपुर–१३ बस्ने २२ वर्षीय विक्रम चौधरी गम्भीर घाइते भएका छन् । उनको अनुहार तथा शरीरमा भित्री चोट लागेको छ । प्रारम्भिक जाँचका क्रममा उनले मदिरा सेवन गरेको खुलेको छ ।

त्यसैगरी सोही अटोमा सवार घोराही उपमहानगरपालिका–०७ बस्ने २१ वर्षीय विजय चौधरी र २० वर्षीया सुस्मिता चौधरी सामान्य घाइते भएका छन् ।

रा १ ह ७१४७ नम्बरको अटो चालक तुलसीपुर–१३ बस्ने ४६ वर्षीय रुद्र शाही, १३ वर्षीय हिरालाल खत्री, २१ वर्षीय गोविन्द घिमिरे, ३५ वर्षीया केशरी घिमिरे, २७ वर्षीया हरिकला बुढा तथा १७ वर्षीया लक्ष्मी बुढा भने सामान्य घाइते भएका छन् ।

सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply