१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २,१९३  विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १,८३६ जना, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि  तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन् ।  

रजिष्ट्रार प्राडा सिंहक अनुसार  पाँचौँ दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातक  मा १,३७२, स्नातकोत्तरमा २१२ र विद्यावारिधितर्फ १९ योग्य भएको जानकारी दिनुभयो । त्यस्तै, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसा/पशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदै छन् । 

सोही संकायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन् । वन विज्ञान सङ«काय (हेटौँडा)तर्फ वन विज्ञान स्नातक (बीएस्सी फरेष्ट्री) मा ३४८, स्नातकोत्तरमा ३० विद्यावारिधि तर्फ तीन जना विद्यार्थी यस पटक दीक्षित हुन योग्य भएका छन् ।

विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशु विज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको  तथ्यांकअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न संकय र तहमा गरी कुल ५,९०६ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् ।मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पुर्‍याउँदै आएको रजिष्ट्रार सिंहले बताए ।

0 Comments