२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल र हिज्बुल्लाह समूह ‘युद्ध विरामका लागि सहमत’

अ+ अ-

एजेन्सी । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्ध विरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ ।

एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्ध विराम गर्न सहमत भएको बताएका छन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्ध विराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने बताए । शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो ।

लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरायलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो ।

इजरायल डिफेन्स फोर्सेस (आइडिएफ)ले हिज्बुल्लाह र इजरायलबीच युद्ध विराम भएको पुष्टि गरेको छ। आइडिएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्ति जारी गर्दै भने, “हामी युद्ध विरामको अवस्थामा छौँ। आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुनः जारी राख्न तयार छ।”

अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो।

इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको बताएको थियो।

इजरायलका सैनिकको मृत्युबारे चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इट्मा बेन गभिरले उनकै शब्दमा सम्पूर्ण लेबनान जल्नुपर्ने बताएका थिए ।लेबनानका राष्ट्रपति योसेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै यसले तनाव चर्काउने चिन्ता जनाएका थिए । 

गत फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली हमलामा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट हमलाहरू गरेको थियो। त्यसपछि मार्चको प्रारम्भमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनान पनि तानिएको थियो ।

इजरायलले लेबनानभर बमबारी गरेको थियो र उत्तरी सीमाबाट हिज्बुल्लाह लडाकुलाई लखेट्ने उद्देश्यले कैयौँ भाग कब्जामा लिएका थियो ।

पछिल्लो द्वन्द्व यता लेबनानमा कम्तीमा तीन हजार ९१२ जना मारिएका र ११,६९९ घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण लेबनानका दर्जनौँ समुदायहरू पूर्ण रूपमा ध्वस्त हुँदा झन्डै १० लाख मानिस विस्थापित भएका छन् । रासस

Leave a Reply