६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुन्छ’ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले योगलाई दैनिक जीवनशैलीमा आत्मसात् गरी स्वस्थ, अनुशासित र सन्तुलित जीवनतर्फ अग्रसर हुन सबैमा आग्रह गरेका छन् । 

उपराष्ट्रपति यादवले पछिल्लो समय हृदयाघात, मधुमेहलगायत दीर्घकालीन नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा योगको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योग मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा सामाजिक असन्तुलन घटाउने प्रभावकारी माध्यम बनेको बताएका छन् । 

“योगले जात, धर्म, भाषा वा सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,” शुभकामना सन्देशमा योगको महत्वबारे प्रष्ट पार्दै उनले भनेका छन् । 

योग शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित, सुस्वस्थ र समृद्ध बनाउने महत्त्वपूर्ण जीवनपद्धति भएको उल्लेख गर्दै उनले आत्मा, शरीर र मनबीच सामञ्जस्य स्थापित गर्न योगले सहयोग गर्ने बताएका छन् ।

स्वस्थ जीवनशैलीको अभ्यासमार्फत समृद्ध राष्ट्र र सशक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्दै उपराष्ट्रपतिले “यस दिवसले हामी सबैलाई योग अभ्यासलाई जीवनशैलीमा समावेश गर्न प्रेरित गरोस् र सुस्वास्थ्ययुक्त, अनुशासित तथा सन्तुलित समाज निर्माणतर्फ जागरुकता फैलाओस्,” सन्देशमा भनेका छन् । 

0 Comments