१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोक्ता मूल्य सूचकांक संकलन राष्ट्रिय तथ्यांक कार्यालयले गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्त्वपूर्ण रहँदै आएको छ ।

केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ । राष्ट्रिय तथ्यांक परिषद्को आजको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी एक वर्षसम्म तथ्यांक संकलन, प्रशोधन तथा प्रकाशनका लागि नेपाल राष्ट्र बैंकलाई सहयोग गर्नेछ । तथ्यांक कार्यालयका कर्मचारी, प्राविधिक जनशक्ति एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्यांक कार्यालयमा हस्तान्तरण हुनेछ ।  

लामो समयसम्म उपभोक्ता मूल्य सूचकांकको काम राष्ट्रिय तथ्यांक कार्यालयले गरे पनि पछि केन्द्रीय बैंकले जिम्मा लिएर प्रकाशन गर्दै आएको छ । केन्द्रीय बैंकले हरेक महिना विवरण सार्वजनिक गर्दै आएको छ ।

प्रमुख तथ्यांक अधिकारी पोख्रेलले महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै तथ्यांकको दोहोरापना हटाउन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । “हामीले महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छौँ, यसले हामीलाई थप सबल बनाउनेछ भने तथ्यांक कार्यालयलाई पनि काम उपलब्ध हुनेछ”, पोख्रेलले भने ।

संरचनागत सुधार, स्रोत तथा साधनको उपलब्धतालाई समेत ख्याल गरेर सङ्क्रमणकालीन रूपमा एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्यांक कार्यालयले जिम्मेवारी लिने उनको भनाइ छ । सात दिनमा तथ्यांक संकलन, प्रशोधन तथा महिना दिनमा प्रकाशन गर्नुपर्ने भएकाले उपभोक्ता मूल्य सूचकांकको काम आफैमा चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।

हाल तथ्यांक कार्यालयले त्रैमासिक रूपमा उपभोक्ता मूल्य सूचकांकको काम गर्दै आएको थियो । कार्यालयलाई थप सबल सक्षम र कामकाजी बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले गर्दै आएको जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले यसलाई गौरवको रूपमा लिनुपर्ने तर्क गरे ।

उनले तथ्यांकको दोहरोपना हट्ने र मौद्रिक नीति तय गर्ने केन्द्रीय बैंकले नै उपभोक्ता मूल्य सूचकांकको काम गर्दा आउने आलोचना समेत कम भएर जाने विश्वास व्यक्त गरे । “आवश्यक तयारीका लागि केही समय लाग्छ, त्यसपछि हामी हामी आफै सबल र सक्षम बन्छौ । तत्कालका लागि राष्ट्र बैंककै साधन र स्रोत उपयोग गरेर काम गर्छौ”, उनले भने ।

0 Comments