६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, उपत्यकामा उच्च सतर्कता अपनाउन आग्रह

अ+ अ-

चैतदेखि फैलिएको बर्ड फ्लु ११ जिल्लाका ८२ स्थानमा पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि पाँच लाखभन्दा बढी पक्षी नष्ट गरिएका छन् भने काठमाडौँ उपत्यका र काभ्रे क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौँ । नेपालमा पछिल्लो तीन महिनायता देखिएको बर्ड फ्लु (एच५एन१) संक्रमण नियन्त्रणका लागि पशु सेवा विभागले प्रभावित क्षेत्रहरूमा निगरानी, नमुना परीक्षण तथा रोग नियन्त्रणका गतिविधि तीव्र बनाएको जनाएको छ। विभागका अनुसार बर्ड फ्लु उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा नियन्त्रणका प्रयास जारी छन्।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुशार चैत ४ गते मोरङमा पहिलोपटक बर्ड फ्लु पुष्टि भएयता झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलगायत ११ जिल्लाका कुल ८२ स्थानमा संक्रमण पुष्टि भएको छ।

रोग नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पक्षी, ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।

विभागका अनुसार गृह मन्त्रालयको समन्वयमा कोशी प्रदेशका प्रभावित जिल्लामा पहिलो संक्रमण देखिएको एक महिनाभित्र रोग नियन्त्रणमा ल्याउन सफलता प्राप्त भएको थियो। त्यसयता संक्रमणको प्रभाव काठमाडौँ उपत्यकासहित अन्य क्षेत्रमा पनि देखिएको उल्लेख गर्दै विभागले नमुना परीक्षण, जोखिम मूल्याङ्कन तथा संक्रमित क्षेत्रको व्यवस्थापन कार्य निरन्तर रूपमा भइरहेको जनाएको छ।

रोगको निगरानी तथा नियन्त्रणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरू तथा राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालामार्फत परीक्षण तथा पुष्टि प्रक्रियालाई प्रभावकारी बनाइएको विभागले जनाएको छ। संक्रमित क्षेत्रमा द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन गर्नुका साथै संक्रमित क्षेत्रका पक्षी, पक्षीजन्य पदार्थ तथा उत्पादन सामग्री सुरक्षित रूपमा व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ।

विभागका अनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशको बारा, महोत्तरी, बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशको नवलपरासीमा रोग नियन्त्रणको अवस्था सन्तोषजनक रहेको छ। यद्यपि काठमाडौँ उपत्यका(भक्तपुर र ललितपुरसहित)का केही स्थान र काभ्रेपलाञ्चोकका क्षेत्रमा संक्रमणको प्रभाव देखिएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। पछिल्लो समय कोशी प्रदेशमा देखिएको रोग हाल पूर्ण नियन्त्रणमा आई सकेको र रोगको प्रकोप हाल काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा देखा पर्ने क्रम बृद्धि भएको पनि विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. दाहालले पोल्ट्री व्यवसायी तथा किसानलाई फार्ममा जैविक सुरक्षाका उपाय कडाइका साथ पालना गर्न, अण्डा राख्ने पुराना क्रेट पुन: प्रयोग नगर्न, जंगली पक्षीसँग सम्पर्क हुन नदिन तथा पक्षी तथा पक्षीजन्य उत्पादन ओसारपसार गर्दा पशु स्वास्थ्य प्रमाणपत्र लिन आग्रह गरेका छन्।

प्रयोगशालामा प्राप्त नमुनाको परीक्षणमा बर्ड फ्लुबाहेक लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच९एन२), रानीखेत, ई।कोलाईलगायतका रोग पनि देखिएकाले अस्वाभाविक रूपमा पक्षी बिरामी वा मरेको अवस्थामा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।

विभागले ठूला पोल्ट्री फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा धेरै पक्षी बिरामी परे वा मरेको अवस्थामा नजिकको पशु सेवा निकायलाई जानकारी गराई रोग नियन्त्रण अभियानमा सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।

सावधानी अपनाउन आग्रह
उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।  विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लु रोग नियन्त्रण अभियान सञ्चालन गर्ने गरेको विभागमा महानिर्देशक डा दाहालले जानकारी दिए ।  

फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसङ्क्रमण गरेर मात्र भित्र्याउनेजस्ता कार्य गर्नुपर्दछ । यस्तै कागलगायत जंगली पन्छीहरू घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर पन्छी पालन गर्नुपर्दछ । पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ । 

0 Comments