१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपिजी प्रतिबन्ध हटायो भारतले

अ+ अ-

नयाँदिल्ली । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइएको प्रतिबन्ध हटाएको छ ।

 हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले संकटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो ।

पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर-घरेलु प्याक गरिएको एलपिजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा संकट सुरु हनुअघिकै स्तरमा आपूर्ति पुन:स्थापित गरिएको जनाएको छ । मन्त्रालयका अनुसार संकटको सुरुआतमा रोकिएको बल्क एलपिजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ ।

विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपिजीको दोस्रो ठूलो आयातकर्ता हो । भारतमा प्रयोग हुने अधिकांश एलपिजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो । विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका-इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो ।

इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको छ । त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो ।

ऊर्जा संकटका क्रममा सरकारले लाखौँ परिवारले प्रयोग गर्ने एलपिजीको मूल्यसमेत बढाएको थियो । युद्धका कारण आपूर्ति शृङ्खलामा आएको दबाब कम गर्न भारतले गत महिना करिब चार अर्ब अमेरिकी डलर बराबरको कोइला ग्यासीकरण विस्तार योजनासमेत स्वीकृत गरेको थियो ।

खाडी क्षेत्रका आपूर्ति मार्गमा आएको अवरोधले भारतको ऊर्जा सुरक्षा मात्र नभई, समग्र अर्थतन्त्रमा पनि दबाब सिर्जना गरेको थियो । यसले आर्थिक वृद्धिदरका अनुमानमा समेत असर पारेको थियो । अहिले ऊर्जा आपूर्ति सुधार भएसँगै सरकारले बजारलाई क्रमशः सामान्य अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको छ । 

0 Comments