१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नलगाडलाई २३ लाख ६० हजारको राहत हस्तान्तरण

अ+ अ-

कर्णाली । जाजरकोटको नलगाड नगरपालिकालाई रु २३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । 

युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरेको हो । 

हस्तान्तरित सामग्रीहरूमा २७ वटा पारिवारिक टेन्ट, १४० थान गैर–खाद्य राहत सामग्री सेट, १४० थान मर्यादा किट (डिग्निटी किट) तथा २० थान वेयरहाउस प्यालेट रहेको पिपल ईन निड प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले जानकारी दिए।

प्यालेटहरु आगामी हप्तामा क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिने बताउँदै उनले भने, “स्थानीय तहको विपद् पूर्वतयारी क्षमता सुदृढ गर्ने तथा आपतकालीन र जलवायुजन्य विपद्का समयमा प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने उद्देश्यले गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको हो । आगामी दिनमा थप रु एक लाख ४० हजार बराबरका वेयरहाउस प्यालेट उपलब्ध गराउनेछौं ।” 

प्रदेश संयोजक अधिकारीका अनुसार यो सहयोग ‘क्राइसिस मोडिफायर’ पहलअन्तरगत प्रदान गरिएको हो । उक्त पहलमार्फत बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा करिब रु दुई करोड ४८ लाख बराबरका राहत सामग्री पूर्व–भण्डारण भइरहेको छ । यसमा जाजरकोटका नलगाड नगरपालिका र बारेकोट गाउँपालिकासहित सिन्धुपाल्चोक, रसुवा, प्युठान र बझाङका स्थानीय तहहरू समेटिएका छन् । 

उनले भूकम्प, बाढी, पहिरो तथा आगलागीजस्ता विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी यी सामग्रीहरू नगरपालिकाको गोदाममा पूर्व–भण्डारण गरिने बताए। विपद्को उच्च जोखिममा रहेको नलगाड नगरपालिकामा राहत सामग्री स्थानीयस्तरमै उपलब्ध हुँदा प्रभावित परिवारहरूलाई आवश्यक सहयोग समयमै प्राप्त हुने नगरपालिका प्रमुख डम्बर रावत बताए। उनका अनुसार गैर खाद्य राहत सामग्री प्राप्त भएकोले निकट भविश्यमै कार्यविधि बनाएर यसलाई सञ्चालनमा ल्याइनेछ । 

गैर–खाद्य राहत सामग्री सेटमा आपतकालीन अवस्थामा आवश्यक पर्ने घरायसी प्रयोजन तथा मर्यादा किटले विशेषगरी महिला तथा किशोरीहरूको व्यक्तिगत सरसफाइ, सुरक्षा र मर्यादा कायम राख्न सहयोग पुर्‍याउने एवं वेयरहाउस प्यालेटले राहत सामग्रीलाई सुरक्षित भण्डारण गर्न र गोदाम व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने जनाइएको छ ।

0 Comments