काठमाडौँ । सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ स्थित फोरलाईन ईलाकाबाट ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
ना ८ ख १९९४ नम्बरको ट्रकमा राखेर महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरेको २ हजार २० के.जी. खरबुजाको बीउ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवी स्थानबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र बरामद बीउ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । ट्रकको भन्सार दाखिला मूल्य ३० लाख कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।







