काठमाडौँ । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका-२ खररका करिब ५१ वर्षीय हर्कबहादुर पल्लीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
हर्कबहादुरलाई स्थानीय डम्बर बहादुर पल्ली मगरको घरको झ्याल–ढोका बनाउने क्रममा शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।






