काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी छिन् ।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गरिन् । उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् ।
कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताइन् ।
उनले माइतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता समेत व्यक्त गरिन् । सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन् । सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरबाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेकी छिन्






