१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान तथा अनुसन्धानमा योगदान पुर्‍याउने चार युवा वैज्ञानिक सम्मानित

अ+ अ-

काठमाडौँ । विज्ञान, प्रविधि तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सुदूरपश्चिम प्रदेशका चार युवा वैज्ञानिकलाई प्रदेश सरकारले सम्मान गरेको छ।

धनगढीमा आइतबार आयोजित ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम-२०८३’ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित वैज्ञानिकलाई नगद पुरस्कारसहित कदर पत्र प्रदान गरेका हुन्। कार्यक्रम प्रदेश युवा परिषद्को आयोजनामा सम्पन्न भएको थियो।

यस वर्ष सम्मानित हुनेमा कैलालीको टिकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा तथा कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन्।

यसअघि अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा सक्रिय युवालाई सम्मान गर्ने घोषणा गरिएको थियो। सोही घोषणाअनुसार उनीहरूलाई सम्मान गरिएको प्रदेश सरकारले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सूचना प्रविधि, विज्ञान तथा अनुसन्धानलाई युवा पुस्तासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले यस क्षेत्रमा काम गरिरहेका युवालाई प्रदेश सरकारले आवश्यक सहयोग, प्रोत्साहन र सहकार्य उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री शाहले समाजमा सकारात्मक परिवर्तन ल्याउन, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न तथा मुलुकलाई विकासको दिशामा अघि बढाउन युवाको भूमिका महत्त्वपूर्ण रहने धारणा पनि राखे।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायत वक्ताले युवाको क्षमता विकास, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न राज्यले थप प्रभावकारी नीतिगत तथा संस्थागत सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

0 Comments