२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

अ+ अ-

काठमाडौँ । पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ । 

तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो । 

‘समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ  महोत्सव आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले बताए । स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाईँ महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे । 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने बताए। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय तहले पछिल्लो समय पर्यटनलाई मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको बताए।

भिटोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका यस्ता कार्यक्रमले ग्रामीण विकासमा इँटा थप्ने बताउँदै सबैलाई पर्यटन अभियानमा समर्पित हुन आग्रह गरे । 

महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्व अध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी र शिव लामिछानेको सहभागिता रहेको थियो । महोत्सवले स्थानीय पर्यटन र कृषिको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

0 Comments