६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना यसै वर्ष स्वदेश फर्किने

अ+ अ-

नयाँ दिल्ली । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन् । 

उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै वर्ष स्वदेश फर्किने उल्लेख गरेकी छन् । उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहेकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उनी छिमेकी भारततर्फ भागेकी थिइन् । 

त्यसपछि नयाँ दिल्लीको एउटा पत्रकार सम्मेलनमा जनवरीमा प्रसारित सम्बोधनमा बाहेक उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । 

भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताएकी हुन् । उनले आफूलगायतका आफ्ना सहयोगीविरुद्धको फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ प्रक्रियाको एक भाग भनेकी छन् । 

हसीनाले भनिन्, “मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन् । तर हरेक षड्यन्त्रको जाल तोड्दै मलाई जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएको छ र मैले लामो समय देशको अभूतपूर्व विकासमा काम गरेको छु।”

पूर्व प्रधानमन्त्री हसीनाले भनिन्, “म स्पष्ट रूपमा भन्न चाहन्छु: हरेक बाधा र हरेक षड्यन्त्रलाई पार गर्दै यो वर्ष म आफ्नो देश फर्किनेछु।” गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई उत्तेजना फैलाउने, हत्या आदेश दिने र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

एक समय देशको सबैभन्दा लोकप्रिय दल उनको पूर्व सत्तारूढ दल अवामी लिगलाई कुनै गतिविधि गर्न अहिले प्रतिबन्धित गरिएको छ ।

हसीनाको भारत पलायनपछि बनेको अन्तरिम सरकारका समय नेतृ हसीनालाई सुपुर्दगी गर्न तत्कालिन सरकारले भारतमाथि दबाब दिएपछि बिग्रिएको भारत र बंगलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिएको छ । फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानले १७ करोड जनसङ्ख्या भएको बंगलादेशको प्रधानमन्त्री बन्न भारी मतले चुनाव जितेपछि यो सुधार भएको हो । यद्यपि, तनाव अझै कायम छ । बङ्गलादेशले बारम्बार हसीनाको सुपुर्दगीको माग गरिरहेको छ ।

0 Comments