१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सेवा, करुणा र शान्ति नेपाली जीवनदर्शनका मूल आधार’ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजको जीवनदर्शन सेवा, करुणा, प्रेम, मानवता तथा शान्तिप्रतिको प्रतिबद्धताबाट निर्देशित रहेको बताएका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँद्वारा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सहकार्य, सद्भाव र सहिष्णुताको संस्कृतिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन प्रेरणा दिने धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलले यी मूल्य र मान्यतालाई व्यवहार तथा आचरणमार्फत कार्यान्वयन गर्दै विश्वशान्ति, मानव कल्याण र समग्र प्रगतिका लागि योगदान पुर्‍याउनु सबैको साझा दायित्व भएको उल्लेख गरे।

उनले निस्वार्थ भावनाका साथ मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म भएको आफ्नो विश्वास व्यक्त गर्दै विश्वशान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव हितका क्षेत्रमा रोटरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। बदलिँदो विश्व परिवेशमा यस्ता संस्थाको योगदान झन् सान्दर्भिक बन्दै गएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले समाजसेवा, मानवता र शान्ति प्रवर्द्धनका क्षेत्रमा रोटरीको सक्रिय सहभागिताको सराहना गर्दै सेवा, मित्रता, सद्भाव र विश्वमानवताका मूल्यमा आधारित यस संस्थाले समाज रूपान्तरणका विविध अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

0 Comments