१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सचिवलाई हटाउन माग

अ+ अ-

काठमाडौँ । महिला सहकर्मी माथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपिडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौँ बिरामीहरू पीडित भएको जनाइएको छ ।

लामो समय सम्म ओपिडी सेवाहरू बन्द हुँदा धेरै मानिसहरू नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएको जनाइएको छ भने अधिकाशं महिला, बालबालिका तथा वृद्ध वृद्धाहरू प्रभावित भएका छन् ।

पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) क्वेटा जोन र यङ डाक्टर एसोसिएसन (वाईडीए) को संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन २१ औँ दिनमा प्रवेश गरेको छ । आपत्कालीन सेवाहरू, अपरेसन थिएटर र डायलिसिस युनिटहरू सञ्चालनमा रहेका भए पनि परामर्श तथा फलो –अपका लागि आएका हजारौँ बिरामीहरू चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन् ।

विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले एसिड आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको उल्लेख गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । घटना भएको करिब तीन हप्ता बितिसकेको भए पनि अधिकारीहरूले जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न वा चिकित्सा समुदायले उठाएका मागहरूको पर्याप्त जवाफ दिन असफल भएको एसोसिएसनले जनाएको छ ।

पिएमएले आक्रमणको पारदर्शी, निष्पक्ष न्यायिक र पारदर्शि छानविनका लागि आफ्नो आह्वान दोहोर्‍याएको छ । यसले अनुसन्धान पूरा नभए सम्म प्रान्तीय स्वास्थ्य सचिव र सिभिल अस्पताल क्वेट्टाका मेडिकल सुपरिटेन्डेन्टको उपस्थितिले अनुसन्धानलाई प्रभाव पार्न जनाउँदै उनीहरूलाई हटाउन पनि माग गरेको छ ।

एसोसिएसनले ३० जना भन्दा बढी वरिष्ठ डाक्टर र स्वास्थ्य अधिकारीहरू विरुद्ध सुरु गरिएको कारबाहीको आलोचना गर्दै यी उपायहरूलाई चिकित्सा पेसाको लागि अन्यायपूर्ण र अनादरपूर्ण ठहर गरेको डनले प्रकाश पारेको छ ।

गतिरोध जारी रहँदा, पिएमएले आफ्नो अर्को कार्य योजना निर्धारण गर्न सिभिल अस्पताल क्वेट्टामा साधारण सभा बैठक तय गरेको छ ।
डनले रिपोर्ट गरे अनुसार पिएमएले बलुचिस्तानका मुख्यमन्त्री, मुख्य सचिव, प्रान्तीय स्वास्थ्य मन्त्री र बलुचिस्तान उच्च न्यायालयका मुख्य न्यायाधीशलाई तुरुन्तै हस्तक्षेप गर्न अपिल गरेको छ ।

0 Comments