१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकार संरक्षणमा सामाजिक कुसंस्कार अझै चुनौती : अध्यक्ष मगर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेदकारी अभ्यास र कुसंस्कारका कारण मानवअधिकारको पूर्ण प्रत्याभूति गर्न अझै चुनौती रहेको बताएका छन्।

मंगलबार आयोगद्वारा आयोजित ‘मानवअधिकार शोध-संवाहक स् पूर्वीय चिन्तन र मानवअधिकार’ विशेषांक सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष मगरले केही स्थानमा जनप्रतिनिधिसमेत आफ्नै घरमा समान व्यवहारबाट वञ्चित भएका घटनाहरू सार्वजनिक भइरहेको उल्लेख गरे। यस्ता अभ्यास समाजका लागि स्वीकार्य हुन नसक्ने भन्दै उनले कुसंस्कार अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।

उनले विगतको तुलनामा जातीय विभेदका धेरै स्वरूप क्रमशः कमजोर बन्दै गएको पनि बताए। पहिले प्रचलित विभेदजन्य सामाजिक व्यवहारहरू अहिले घट्दै गएको उल्लेख गर्दै समाज सकारात्मक परिवर्तनतर्फ अघि बढिरहेको उनको भनाइ थियो।

कार्यक्रममा आयोगका सचिव मुरारी खरेलले उक्त विशेषांक मानवअधिकारका क्षेत्रमा अध्ययन–अनुसन्धान गर्ने, कानुनी विषयमा रुचि राख्ने तथा भविष्यमा यस क्षेत्रमा कार्य गर्न चाहने व्यक्तिहरूका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे।

आयोगका अनुसार ‘पूर्वीय चिन्तन र मानवअधिकार’ विशेषांकमा मानवअधिकारसँग सम्बन्धित विभिन्न विषय समेटिएका ११ वटा लेख समावेश छन्।

0 Comments