६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा विद्यार्थी संगठनका संरचना हटाउने निर्णयविरुद्ध स्ववियुको आपत्ति

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले दलीय विद्यार्थी संगठनका संरचना हटाउन गरेको पत्राचारप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरले आपत्ति जनाएको छ।

स्ववियु अध्यक्ष दीपक राज जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त पत्राचारलाई वर्तमान सरकारको अज्ञानताको पराकाष्ठा भएको उल्लेख गर्दै यसले विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक स्वायत्ततामाथि हस्तक्षेप गरेको दाबी गरिएको छ।

विज्ञप्तिमा विश्वविद्यालय ज्ञानको भण्डार, विचार-विमर्शको प्राज्ञिक थलो तथा प्राज्ञिक स्वतन्त्रता र प्रशासनिक स्वायत्तता विश्वविद्यालयका दुई प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै यसअघि विश्वविद्यालय सरकारको छायाँबाट मुक्त हुँदै आएको अवस्थामा पुनः त्यही अवस्थातर्फ फर्काउने प्रयास भएको आरोप लगाइएको छ।

स्ववियुले उक्त निर्णयलाई प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रण र हस्तक्षेपको सन्देशका रूपमा लिन सकिने जनाएको छ। साथै, विश्वविद्यालयभित्र नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० लगायतका विद्यार्थी संगठनको कुनै भौतिक संरचना नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा सर्वोच्च अदालतले २०८३ जेठ ६ गते विश्वविद्यालय समन्वय समितिको निर्णय कार्यान्वयन नगर्न तथा जेठ २२ गते स्वतन्त्र विद्यार्थी युनियन सभापतिलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न जारी गरेका अन्तरिम आदेशको उल्लेख गर्दै ती आदेश कायम रहेका अवस्थामा नयाँ पत्राचार गर्नु अदालतको आदेशको अवहेलना हुने दाबी गरिएको छ। अदालतको आदेशको अवज्ञा गर्नु दण्डनीय कार्य भएको पनि विज्ञप्तिमा उल्लेख छ।

स्ववियुले विधिको शासन, न्यायपालिकाको निष्पक्षता, स्वतन्त्रता तथा संवैधानिक अधिकार क्षेत्रप्रति पूर्ण सम्मान रहेको जनाएको छ। संविधान, कानुन र सम्मानित सर्वोच्च अदालतको आदेश विपरीत गरिएका कुनै पनि कार्य अन्ततः न्यायिक परीक्षणबाट अस्वीकृत हुने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई संयमता, धैर्यता र जिम्मेवारी अपनाउन आग्रह गरिएको छ। साथै, सरकारले अदालतको आदेशको बहाली तथा संविधानको मर्म र विधिको शासनअनुरूप आफ्नो नीति सच्याउने विश्वास पनि स्ववियुले व्यक्त गरेको छ।

0 Comments