काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका-५ मन्टारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती हुमकला गम्भीर घाइते भएकी थिइन् ।
घाइते हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, चिकित्सकले बिहान ३:२५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।






