१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवनरक्षक औषधिको अभाव न्यूनीकरण गर्न न्यूनतम मौज्दात व्यवस्था लागू गर्ने तयारी

अ+ अ-

काठमाडौँ । बजारमा बेलाबेलामा देखिने अत्यावश्यक औषधिको अभावलाई नियन्त्रण गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात (मिनिमम स्टक) कायम गर्ने व्यवस्था लागू गर्ने तयारी थालेको छ।

विभागका अनुसार विशेष गरी क्यान्सर उपचारमा प्रयोग हुने औषधि, दुर्लभ रोगका औषधि तथा अन्य जीवनरक्षक औषधिको आपूर्ति नियमित बनाउन यस्तो व्यवस्था अघि सारिएको हो।

उत्पादन, आयात तथा मूल्य निर्धारणसँग सम्बन्धित विभिन्न कारणले समय-समयमा केही औषधिको आपूर्तिमा समस्या देखिने गरेको विभागले जनाएको छ। विशेष गरी दुर्लभ रोगको उपचारमा प्रयोग हुने ‘अर्फान ड्रग्स’ को व्यावसायिक माग कम हुने भएकाले उत्पादक तथा आयातकर्ताले उत्पादन वा आयातमा पर्याप्त प्राथमिकता नदिँदा अभाव सिर्जना हुने अवस्था रहेको विभागको विश्लेषण छ।

यस्ता औषधिको प्रयोग निरन्तर नहुने भए पनि आवश्यक परेको समयमा उपलब्ध नहुँदा बिरामीको जीवन नै जोखिममा पर्न सक्ने भएकाले न्यूनतम मौज्दात सुनिश्चित गर्ने व्यवस्था आवश्यक ठानिएको विभागले जनाएको छ।

उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले स्वास्थ्य सेवा विभाग, विभिन्न अस्पताल तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। साथै, सीमित दर्ता भएका जीवनरक्षक औषधिको सूची तयार गरी ती औषधिको स्वदेशमै उत्पादन बढाउने वा नियमित आयात सुनिश्चित गर्ने दिशामा पनि आवश्यक तयारी भइरहेको विभागले उल्लेख गरेको छ।

0 Comments