काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई लक्षित गरी दुःख-हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुलाई जबर्जस्ती सवारीतर्फ तान्ने, झोला खोस्ने तथा विभिन्न किसिमले अनावश्यक हैरानी दिने गरेको भन्ने गुनासो प्राप्त भएपछि बुधबार गरिएको अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा सम्बन्धित व्यक्तिहरूले प्रहरीप्रति समेत अभद्र व्यवहार गरेका थिए।
घटनासम्बन्धी थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा परेका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेकाहरूको सूची :
१. जिल्ला रुपन्देही,सैनामैना न.पा. ११ बस्ने लाल बहादुर शेन को छोरा बर्ष-६० को डोल राज शेन।
२. जिल्ला गोरखा,गण्डकी गा.पा. ५ बस्ने ,लोक बाहदुर भुजेल को छोरा बर्ष-२१ को प्रदिप भुजेल ।
३. जिल्ला जुम्ला गोठ्ठिचौर गा.पा.४ बस्ने कृष्ण चन्द पाण्डेको छोरा वर्ष २७ को लोक दर्शन पाण्डे ।
४. जिल्ला बांके कोहलपुर न.पा.५ बस्ने प्रेम शाहीको छोरा बर्ष २३ को सन्देश शाही ।
५. जिल्ला बांके कोहललुर न.पा.१२ बस्ने कुल बहादुर भण्डारीको छोरा वर्ष २८ को मिलन भण्डारी ।
६. जिल्ला दाङ दङ्गीशरण गा.पा.६ बस्ने डम्वर बहादुर खड्काको छोरा वर्ष २४ को रमेश खत्री ।
७. जिल्ला दाङ घोराही उ.प.म.न.पा.२ बस्ने तुल बहादुर घर्तीको छोरा वर्ष २३ को विकास घर्ती ।
८. जिल्ला रोल्पा रुन्डीगढी गा.पा.७ बस्ने विर बहादुर पुनको छोरा वर्ष २० को किरण पुन ।
९. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.११ बस्ने गणेश विश्वकर्माको छोरा वर्ष २३ को रोहित बि.क.।
१०.जिल्ला कास्की पोखर म.न.पा.११ बस्ने राम बहादुर शाहिको छोरा वर्ष ३२ को सन्तोष शाही ।
११.जिल्ला डडेलधुरा अरमगढी न.पा.७ बस्ने शोभीलाल भट्टराईको छोरा वर्ष ३२ को शिवराज भट्टराई
१२.जिल्ला मुगु खप्याड गा.पा. ४ बस्ने लाल बहादुर रोकायको छोरा वर्ष २३ को कविराज रोकाय ।
१३.जिल्ला दाङ तुल्सिपुर उ.प.म.न.पा.१३ बस्ने टिकाराम खत्रिको छोरा वर्ष २५ को प्रकाश खत्री ।
१४.जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा.४ बस्ने मोहन विश्वकर्माको छोरा वर्ष १९ को रविन विश्वकर्मा ।
१५.जिल्ला उदयपुर रौतामाई न.पा.७ बस्ने रणबहादुर मगरको छोरा बर्ष २३ को जित बहादुर मगर ।
१६.जिल्ला कैलाली लम्किचुहा न.पा.१० बस्ने दरबारी कठरियाको छोरा वर्ष ४० को कृष्ण प्रसाद कठरिया ।
१७.जिल्ला दाङ तुल्सिपुर न.पा.१८ बस्ने भिम बहादुर नेपालको छोरा वर्ष १७ को विजय नेपाली ।
१८.जिल्ला कैलाली गोदावरी न.पा.२ बस्ने डम्वर ओलिको छोरा वर्ष २७ को पदम ओली ।
१९.जिल्ला दाङ शान्तिनगर न.पा.५ बस्ने कुमार घर्ति मगरको छोरा वर्ष २१ को रिजन घर्ति मगर ।
२०.जिल्ला स्याङ्जा गल्पाङ न.पा.११ बस्ने ओम प्रसाद ज्ञवालीको छोरा वर्ष ३२ को कमल ज्ञवाली ।
२१.जिल्ला कैलाली धनगढी न.पा.८ बस्ने कृष्ण न्यौपानेक छोरा वर्ष ३२ को दिपक न्यौपाने ।
२२.जिल्ला कैलाली टिकापुर न.पा.१ बस्ने खड्ग साउदको छोरा वर्ष १९ को मनोज साउद ।
२३.जिल्ला कैलाली धनगढी उ.प.म.न.पा. २ बस्ने चन्द्र बहादुर विष्टको वर्ष ३८ को प्रेम विष्ट ।






