६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा आयोगले माग्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण मागेको छ ।

मानव अधिकार आयोगले रास्वपाको केन्द्रीय कार्यालयसँग औपचारिक रूपमा जानकारी माग गर्दै बुधवार पत्राचार गरेको जनाएको हो।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी राष्ट्रिय मानव अधिकार आयोगमा प्राप्त जानकारी तथा विभिन्न सञ्चार माध्यहरूमा सार्वजनिक भएका सूचनाको आधारमा सो पार्टीको केन्द्रीय कार्यालयसँग जानकारी माग गरी मिति २०८३ असार १५ गते यस आयोगबाट पत्राचार गरिएको छ ।’ पत्रमा उल्लेख छ, ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) अनुसार अनुरोध गरिएको छ ।’

0 Comments