१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्की युवतीसँगको प्रेम सम्बन्धपछि वैवाहिक विवाद बढेको र आवेगमा श्रीमतीको हत्या गरेको ‘नेपाली ब्रो’को बयान

अ+ अ-

काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गर्दै कानुनबमोजिमको सजाय भोग्न तयार रहेको बयान दिएका छन्। उनले अनुसन्धानका क्रममा दिएको बयानमा आफूले धारिलो चक्कुले श्रीमतीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका हुन्।

बयानअनुसार नेपाली सेनामा कार्यरत रहँदा ईश्वरी भुजेलसँग चिनजान भई प्रेम विवाह भएको थियो। केही वर्षपछि सेनाको जागिर छाडेर वैदेशिक रोजगारीमा गएका उनी नेपाल फर्किएपछि सामाजिक सञ्जाल टिकटकमार्फत ‘नेपाली ब्रो’का रूपमा चर्चित बनेको र त्यसक्रममा विभिन्न व्यक्तिसँग चिनजान बढेको बताएका छन्।

उनले टिकटकमार्फत प्रतिक्षा आचार्यसँग चिनजान भई पछि प्रेम सम्बन्धमा परिणत भएको तथा उनीहरूबीच पटक–पटक भेटघाट र शारीरिक सम्बन्धसमेत भएको बयान दिएका छन्। यही सम्बन्धका कारण श्रीमतीसँग मनमुटाव बढ्दै गएको र त्यसपछि वैवाहिक करणी तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा अदालतमा पुगेको उनको दाबी छ।

बयानमा उनले आफूले पटक–पटक मिलापत्रको प्रयास गरेको उल्लेख गरेका छन्। घटनाको दिन वैवाहिक करणी र सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको पेशी रहे पनि श्रीमती अदालतमा उपस्थित नभएको र त्यसपछि घरमा काम गर्ने युवती तथा छोरासँग भएको विवादका कारण आफू थप तनावमा परेको उनले बताएका छन्।

त्यसपछि घरबाट कार लिएर निस्किएको क्रममा ड्युटी सकेर स्कुटरमा घर फर्किरहेकी श्रीमतीलाई देखेपछि आफूले पछ्याएको र गाडीमा राखेको धारिलो चक्कु लिएर पछाडिबाट समात्दै घाँटी रेटेको उनले बयानमा स्वीकार गरेका छन्। घटनापछि चक्कु फालेर कारमा फर्किएको र त्यसपछि पक्राउ परेको विवरण पनि उनले दिएका छन्।

अनुसन्धानका क्रममा बरामद भएको चक्कु आफूले प्रयोग गरेको हतियार नै भएको तथा घटनास्थल आसपासको सीसीटीभी फुटेजमा देखिएको व्यक्ति पनि आफू नै रहेको उनले स्वीकार गरेका छन्। फुटेजमा देखिएको महिला आफ्नी श्रीमती ईश्वरी भुजेल रहेको उनको बयानमा उल्लेख छ।

नेपाली ब्रोको पूरा बयानः

मेरो जन्म नुवाकोटमा भई बाल्यकालको शिक्षा–दिक्षा गाउँघरमै भई नुवाकोटस्थित घरमा बस्दै आई रहेकोमा करिब २०६१/६२ सालतिर नेपाली सेनाको अन्य दर्जामा भर्ती भएको थिए । ६ महिनाको आधारभुत तालिम सकिसकेपछी सिंहदरबारस्थित ब्याण्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा निज ईश्वरी भुजेलसँग चिनजान भएको थियो । सो समयमा निज ईश्वरी भुजेल सिपाही दर्जामा कार्यरत थिइन् ।

बिगुल तालिममै हुँदा निजसँग माया प्रेम बसि मैले प्रेम बिबाह गरेको थिएँ । विवाह गरेको केही महिनापछि म तालिम सकि आफ्नो छाउनीस्थित रेन्जर गणमा गई सकेपछि साथीभाईहरुले मैले निज ईश्वरी भुजेलसँग विवाह गर्नुपुर्व निज कसैसँग एक बर्ष लिभिङ टुगेदरमा बसेको भनि कुरा सुनाए । साथीभाईहरुले यस्तो कुरा सुनाएपछि म तनावमा परेर ६ नं वाहिनी अड्डा बैरेनी धादिङमा सरुवा मिलाई गएको थिएँ ।

श्रीमती ईश्वरी भुजेल पहिले लिभिङ टुगेदरमा बसेको कुरा सुनेता पनि विवाह गरिसकेकाले सुनेका कुराहरुको भरमा त्यति धेरै चासो दिइनँ । करिब ६/७ बर्ष जति जागिर खाईसकेपछि नेपाली सेनाको जागिर छाडी उपदान आएको रकम र अरु आफुसँग भएको पैसाले काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं ६ पैयुटारमा हाल घर रहेको घडेरी किनि निज श्रीमती ईश्वरी भुजेलको नाममा गरेको थिएँ । मेरो जेठो छोरा जेनिस थापाको जन्म भईसकेपछी करिब १०/१२ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न देशहरुमा गई आजभन्दा करिब ५ बर्ष पहिले नेपाल आएको थिएँ । त्यसपछी कान्छो छोरा ईभान थापाको जन्म भएको थियो ।

नेपाल आईसकेपछी रेसलिङ खेल खेल्नुका साथै सामाजिक संजाल टिकटकमा सक्रिय भई नेपाली ब्रोको नामले भाईरल भएको थिएँ । म टिकटक तथा सामाजिक संजालमा भाईरल भएपछी मेरा थुप्रै फलोअर्स भए । भाईरल हुनुका साथै रेस्लिङ खेल खेल्न बिदेशमा समेत गएको थिएँ । सामाजिक संजालमा भाईरल भएपछि बिभिन्न मानिसहरुसँग चिनजान तथा भेटघाट हुन थाल्यो । जसमध्ये थुप्रै केटी साथीहरुसँग पनि भेटघाट, चिनजान भएपछि मैले भ्युज बढाउनका निमित्त बिभिन्न केटीहरुसँग बिभिन्न प्रकारका भिडियोहरु अपलोड गर्ने गरेको थिएँ ।

मैले केटीहरुसँगका बिभिन्न किसिमका भिडियोहरु सामाजिक संजालमा अपलोड गरेपछि श्रीमती ईश्वरी भुजेललाई मन परेन र निजले अनेक शंका-उपशंका गर्न थालेपछि हामीबीच मनमुटाव, वादविवाद एवम् पारिवारिक कलह सुरु भएको थियो । पारिवारिक कलह भएता पनि पुनः मेलमिलाप गरी संगै बस्दै आईरहेका थियौं । श्रीमती ईश्वरी भुजेलले सेनाको नोकरी तथा शान्ति सेनामा गई केही रकम कमाउनुका साथै मैलेसमेत सामाजिक संजालमार्फत एवम् बिज्ञापन गरी रुपैया पैसा कमाई पैयुटारमा घर बनाई संगै बस्दै आइरहेका थियौं ।

केही समयपछि मैले पनि निज श्रीमती ईश्वरी भुजेलको पनि कसैसँग गलत सम्बन्ध रहेको भन्ने सुनेँ । त्यसपछी म पनि निज श्रीमतीलाई शंका-उपशंका गर्न थालेपछि हामीबीच झनै मनमुटाव भइरहेको अबस्थामा करिब दुई बर्ष पहिले यसै मुद्धामा थुनामा रहेकी प्रतिवादी प्रतिक्षा आचार्यसंग सामाजिक संजाल टिकटक मार्फत चिनजान भई फोन नम्बर समेत आदान प्रदान भयो । हामीबीच कुराकानी एबं भेटघाटसमेत हुन थाल्यो । त्यसपछी निज प्रतिक्षा आचार्यलाई मैले मेरो रेस्लिङ खेलको लागी ईभेन्ट म्यानेजरको रुपमा नियुक्त गरि ईभेन्ट चलाउदै आइरहेकोमा निज प्रतिक्षा आचार्यसँग हिमचिम बढेपछी माया प्रेम बस्यो । हामी एक-अर्कालाई माया गर्न थाल्यौं । विभिन्न ठाउँमा घुमघाम गर्नुका साथै शारिरीक सम्बन्धसमेत राख्ने गरेका थियौं ।

सामाजिक संजालमा भिडियोहरु पोष्ट गर्ने क्रममा निज प्रतिक्षा आचार्य र मेरो भिडियोमा मेरो डाक्टर गर्लफ्रेण्ड भनि पोष्ट गरेपछी २०८२ सालको जेठ/आषाढतिर श्रीमती ईश्वरी भुजेलले थाहा पाई प्रहरी बृत्त बालाजुमा उजुरी गरी हामीहरु दुबै पक्ष बसि अब उप्रान्त यस्तो गल्ति नदोर्याउने भनि मिलापत्र गरेका थियौं । म र प्रतिवादी प्रतिक्षा आचार्यबीच मायाप्रेम बसेकाले हामीहरु पुन भेटघाट कुराकानी गर्न थालेपछि सो कुरा श्रीमती ईश्वरी भुजेलले थाहा पाई आजभन्दा करिब दुई-अढाई महिना पहिले श्रीमती, छोरा, मेरो घरमा काम गर्ने केटी र निजहरुले एकजना अर्को मानिस मिलि मलाई कोठामै कुटपिट गरेका थिए। कुटपिट गरी सकेपछी मैले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकोमा प्रहरी परिसर काठमाडौंमा हामी दुबै पक्षलाई झिकाई छलफल गरी अब उप्रान्त मैले र प्रतिक्षा आचार्यले भेटघाट नगर्ने, कुनै सम्बन्ध नराख्ने भनि कागज गरी मिलापत्र गरेका थियौं ।

साथै घरको भुई तलाको फ्ल्याटमा म बस्ने र माथिल्लो फ्ल्याटमा निज श्रीमती ईश्वरी भुजेल र बच्चाहरु बस्ने सल्लाह भई सोही बमोजिम बस्दै आई रहेका थियौं तर हामीहरु बिच बोलचाल नै बन्द भएको थियो । सो समयसम्म प्रतिवादी प्रतिक्षा आचार्य र मबीच प्रेमसम्बन्ध रहेको कुरा सर्वत्र हल्लाखल्ला भई सकेपछि पनि हामी पुन भेटघाट तथा कुराकानी गर्न थाल्यौं । करिब १ बर्ष पहिले होला, म र प्रतिवादी प्रतिक्षा आचार्य घुमघाम तथा बस्न भनि जिल्ला नुवाकोटस्थित मेरो घरमा गएका थियौं । सो समयमा मेरी आमा बिन्दा कुमारी थापा बिरामी भई काठमाडौं स्थित बहिनी रोजिना थापाको घरमा बस्नु हुन्थ्यो । घरमा वुवा जितबहादुर थापा मात्रै हुनु हुन्थ्यो । दुई दिन घर नुवाकोटमा बसिसकेपछी वुवाले गाली गरेपछी हामी फर्किएर पुन काठमाडौं आएका थियौं ।

मैले निज प्रतिवादी प्रतिक्षा आचार्यलाई नुवाकोट घरमा लिई गएको कुरा थाहा पाएको केही दिनपछि २०८२ साल साउन महिनातिर मेरी श्रीमती ईश्वरी भुजेलले प्रहरी बृत्त बालाजुमा मेरो नाममा बैवाहिक करणी सम्बन्धि कसुर मुद्धा दिई म अनुसन्धानको क्रममा पक्राउ परी प्रस्तुत जबरजस्ति करणी मुद्धामा सम्मानित जिल्ला अदालत काठमाडौंमा दायर भई रु ५० हजार धरौटीमा छुटी हाल मुद्धा विचाराधिन अबस्थामा छ । निज श्रीमती ईश्वरी भुजेलले मेरो नाममा वैवाहिक करणी मुद्धा दायर भई सकेपछि हाम्रो सम्बन्ध झनै चिसिएको थियो र मैले प्राय घरमा नै जाने छाडिदिएको थिएँ । यसरी मुद्धा अदालतमा बिचाराधिन अबस्थामा रहेकोमा मैले निज श्रीमती ईश्वरी भुजेललाई अदालतमा बकपत्र तथा पेशीमा होस्टाइल भईदेउ, मुद्धा मिलाउँ, अब मिलौं भनि पटक-पटक भन्दै आईरहेको थिएँ । निजले नमानी पुन काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्धा दायर गरिन् । मैले बालबच्चाहरु भएका कारण सम्बन्ध बिच्छेद गर्न मञ्जुरी छैन भनि प्रतिउत्तर फर्काई हाल उक्त सम्बन्ध बिच्छेद मुद्धा समेत सम्मानित काठमाडौं जिल्ला अदालतमा बिचाराधिन अबस्थामा छ ।

यसरी श्रीमती ईश्वरी भुजेलले मुद्धा दिई बिचाराधिन भई रहेको अबस्थामा निजले मुद्धा फिर्ता लिई मिलापत्र होस भन्ने मेरो मनसाय भइ रहेकोमा करिब १ महिना देखि प्रतिवादी प्रतिक्षा आचार्यले पनि भेटघाट गरेकी थिइनन् तर हामीबीच फोनमा कुराकानी भई रहन्थ्यो । निज प्रतिवादी प्रतिक्षा आचार्यले पनि अब सम्बन्ध नराख्ने, भेटघाट नराख्ने जस्तो आसयले टेलिफोन गर्ने गरेकी थिइन् । यसै क्रममा मिति २०८३ साल जेष्ठ महिनाको २२ गतेका दिन श्रीमती ईश्वरी भुजेलले सम्मानित अदालतमा दायर गरेको वैवाहिक करणी तथा सम्बन्ध बिच्छेद लगाउ मुद्धामा पेशी तोकिएको थियो । मुद्धा मिलापत्रका लागी भेटि कुराकानी गर्न भनि सो दिन बिहान ९:०० बजेतिर निज श्रीमती ईश्वरी भुजेल कार्यरत सैनिक ब्याण्ड गुल्म नारायणहिटीको गेटमा गएको थिएँ । गेटमा गई गेटमा रहेको डियुटीमार्फत निज श्रीमती ईश्वरी भुजेललाई बोलाउन लगाउँदा गेटको डियुटीमा खटिएको सिपाहीले भित्रै जानुहोस भनि भनेकोमा मैले गाडीमा हाल बरामद हुन आएको चक्कु बोकेकाले गाडी लिई सैनिक गुल्मभित्र पसिनँ । टेलिफोन गरौं भने निज श्रीमतीले टेलिफोनमा कुरा गर्न छाडेकी थिइन् । त्यसपछी म फर्किएर बबरमहल स्थित काठमाडौं जिल्ला अदालतमा गएँ ।

म अदालतमा पुगी करिब १२ बजेसम्म कुरी बसेकोमा निज श्रीमती ईश्वरी भुजेल अदालतमा आईनन् । त्यसपछी मैले जिल्ला काठमाडौंस्थित बालाजुमा धनेश्वर अटोमोबाइल्स प्रा.लि नामक रिकण्डिसन हाउस संचालन गरी बस्ने प्रतिवादी साथी पुजन थापा क्षेत्रीलाई फोन गरी निजको रिकण्डिसन हाउसमा गएँ । केहीबेर गफगाफ गरी बस्यौं । मलाई किर्तिपुरमा खेलकुद कार्यक्रममा अतिथिको रुपमा बोलाएकाले म र प्रतिवादी साथी पुजन थापा क्षेत्री किर्तिपुर गई कार्यक्रममा सहभागी भई बेलुकी ४ बजेतिर पुन निजको बालाजु स्थित रिकण्डिसन हाउसमा आयौं । मेरो चिनजानको साथी सुमन थापा पनि त्यहाँ आएका रहेछन् । निज सुमन थापाले खाजा खान जाउँ भनि भनेपछी मेरो कार मैले चलाई, प्रतिवादी पुजन थापा क्षेत्री र सुमन थापा सवार भई मुड्खुतर्फ गई हाल मलाई नाम एकिन नभएको खाजाघरमा गई खाजा खाई पुन प्रतिवादी पुजन थापाको रिकण्डिसन हाउसमा आई कफी खाई म जिम जान्छु भनि बेलुकी अं ७:३० बजेतिर निस्किएको हुँ ।

जिम जान्छु भनि निस्किएता पनि समय हेर्दा ढिलो भई सकेकाले जिममा के जानु भनि सिधै पैयुटारस्थित घरमा गएको थिएँ । केहीबेर घरमा बसि काम गर्ने केटीलाई ईश्वरी मेडम खै भनि सोध्दा निजले केही बोलिनन् । पछी कान्छो छोरा ईभान थापालाई केहीबेर खेलाउँछु, डुलाउँछु लिएर आउ भन्दा निजले ढोका बन्द गरिदिईन् । छोरालाई भेट्न दिईनन । निज काम गर्ने केटीसँग केहीबेर वादविवाद हुँदै गर्दा निज काम गर्ने केटी सुहाना तामाङले पुन रेप केशमा पर्लास नि भनि मलाई भनेपछी मलाई साह्रै रिस उठीरहेको थियो । म घरमा गएको कुरा जेठो छोरा जेनिश थापाले थाहा पाई सोही समयमा मलाई फोन गरी तँ तुरुन्त घर छाड, आमाको घर हो, तँ त्यो घरमा किन आएको ? भनि नराम्रो बोलेपछी मलाई झनै रिस उठिरहेको थियो ।

म तनाबमा आई घरबाट सिधै पार्किङ गरी राखेको ठाउबाट मेरो कार निकाली रिसको सुरमा ठमेलतर्फ आउछु भनि मेरो B AC O344 नम्बरको किया कम्पनिको हरियो कार चलाई आउने क्रममा पैयुटार-बस्नेतटार सडक खण्ड हुँदै आउने क्रममा पैयुटारको उकालोमा पुगेको बेलामा गाडीको स्पीड कम तथा लाईट डिम भयो । म घरमा काम गर्ने केटि र छोराले बोलेको कुराले रिसमा हुनुका साथै अदालतमा पेशीको दिनमा श्रीमती ईश्वरी भुजेल नआएकाले तनावमा गाडी चलाई गईरहेको थिए । बिपरीत दिशाबाट मेरी श्रीमती ईश्वरी थापा स्कुटर चलाई आउदै गरेकी रहिछन् । निज श्रीमती ईश्वरी भुजेल डियुटी सकेर घर आउन लागेको कुरा थाहा पाएँ । निजले मैले चलाएको कार देखि हाल मलाई नामथर थाहा हुन आएको राजु भट्टराई भन्ने मानिसको घरतर्फ अर्थात घटनास्थलतिर जाने बाटोतर्फ स्कुटर मोडिन् । मैले पनि निज श्रीमतीले चलाएको स्कुटर मार्फत निजलाई चिनी हाले । म गाडीबाट झरी मैले सधैं गाडीमा बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखि निज श्रीमती ईश्वरी भुजेललाई पिछा गर्दै गएँ । सो बाटोको अन्तिमतिर घर भएकाले बाटो त्यहाँसम्म मात्रै रहेछ । निज श्रीमती ईश्वरी भुजेलले स्कुटर रोकी घरको वालतर्फ गएकोमा मैले पछाडी गोजीबाट चक्कु निकाली हातमा चक्कु समाई समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन् । त्यसपछी मैले निजलाई पछाडीबाट समाई हातले अंगालो मारे जस्तो गरी नियन्त्रणमा लिई मैले साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन् भनि छाडी त्यहाँबाट हिड्दै गाडी भएको ठाउँतर्फ आई वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउ नजिकै बाटो छेउमा फाली, आफ्नो कार चलाई बालाजुतर्फ आएको हुँ । गाडीलाई बालाजु चमातीस्थित सडक छेउमा छाडी प्रहरी कार्यालयतर्फ आउने क्रममा पक्राउ परेको हुँ ।

अनुसन्धानको क्रममा मैले वारदातमा प्रयोग गरेको चक्कु मेरो रोहवरमा बरामद भएको हो । श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुन बमोजिम सहन भोग्न मञ्जुर छु । प्रस्तुत वारदातमा अन्य प्रतिवादीहरु कोही कसैको संलग्नता छैन । प्रतिवादी पुजन थापा क्षेत्रीको बालाजुस्थित रिकण्डिसन हाउसमा म र प्रतिवादी प्रतिक्षा आचार्य गइरहने र मैले निजको रिकण्डिसनमा रहेका गाडीहरुको भिडियो बनाई टिकटकमा हाल्ने गरेको थिएँ । प्रतिवादी पुजन थापा क्षेत्री, बिक्रम थापामगर मेरो र प्रतिक्षा आचार्यको सम्बन्ध बारेमा थाहा जानकारी भएका मानिस हुन् । प्रतिवादी बिक्रम थापामगर मेरो सहोदर भाई हुन् । निज प्रतिवादीहरुको प्रस्तुत वारदातमा संलग्नता छैन । मिसिल संलग्न सिसिटिभी फुटेजमा देखिएको कारबाट झरी पैदल हिँडी स्कुटरमा सवार महिलाको पछी-पछी जाने र फर्कि आई गाडी चढी गोजीबाट केही चिज निकाली फालेकोजस्तो देखिने मानिस म हुँ । स्कुटरमा सवार महिला मेरी श्रीमती ईश्वरी भुजेल हुन् । सो फुटेज वारदात समयको फुटेज हो । मैले श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गर्ने बेलाको र चक्कु प्रहार गरिसकेपछी चक्कु फाली आफ्नो कारमा चढी आउने बेलाको सिसिटिभी फुटेजहरु हुन् । हेरी चिनी सनाखत गरी दिए भन्ने समेत व्यहोरा भन्ने व्यहोराको प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगरले गरेको बयान ।

0 Comments