१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्र संवाद र एकताको आवश्यकता औँल्याउँदै महरले दिए गुटगत राजनीति अन्त्यको सन्देश

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणका लागि पार्टीभित्र सुदृढ एकता अपरिहार्य रहेको बताएका छन्। उनले आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

बानेश्वरमा काँग्रेसका भ्रातृ संस्थाका नेताहरूसँग भएको छलफलमा महरले पार्टीभित्र देखिएका असहमति र विवादलाई आपसी विश्वासको वातावरण निर्माण गरेर समाधान गर्नुपर्ने धारणा राखे।

उनले नेपाली काँग्रेस विगतमा विभाजित हुँदा त्यसको प्रभाव केवल संगठनमा मात्र सीमित नरही समग्र लोकतान्त्रिक प्रणालीमा समेत परेको उल्लेख गरे। इतिहासमा काँग्रेसको विभाजनपछि निरङ्कुश प्रवृत्तिले बलियो हुने अवस्था सिर्जना भएको स्मरण गराउँदै उनले त्यसबाट पाठ सिकेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए।

महरले वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसले जिम्मेवार, सशक्त र संगठित रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए। उनका अनुसार व्यक्तिगत महत्वाकांक्षा वा गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य-मान्यता र जनताको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई सबै प्रकारका मतभेद संवाद, सहमति र आपसी समझदारीबाट टुंग्याउँदै संगठनात्मक एकतालाई थप मजबुत बनाउन आग्रह गरे।

0 Comments