काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ बस्ने २६ वर्षीय रमन भनिने रामलाल योन्जन रहेका छन् । उनी २०८२ भदौ २४ गते भएको जेन जेड आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालय, काठमाडौँबाट फरार भएका थिए ।
उनी डाँका चोरी मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।







