१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईएनका सम्पादक लिलप्रकाश चन्द ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मानबाट सम्मानित

अ+ अ-

रोल्पा । सामुदायिक सूचना नेटवर्क (सीआईएन) का सम्पादक लिलप्रकाश चन्द ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मानबाट सम्मानित भएका छन्।

समाज सुधार सामुदायिक सिकाइ केन्द्र, रोल्पाले पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तनका लागि योगदान पुर्‍याएको भन्दै परिवर्तन गाउँपालिका–३ थुनिकोटमा आयोजित विशेष समारोहमा चन्दलाई २० हजार रुपैयाँ नगदसहित सम्मान तथा अभिनन्दन गरेको हो।

केन्द्रले परिवर्तन गाउँपालिकामा जन्मिएर जिल्लाभित्र वा जिल्ला बाहिर पत्रकारितामा सक्रिय व्यक्तिमध्येबाट हरेक वर्ष एक जनालाई सम्मान गर्ने कार्यविधिअनुसार पहिलो पटक चन्दलाई छनोट गरिएको अक्षयकोष सञ्चालन समितिका संयोजक सूर्यप्रकाश डाँगीले जानकारी दिएका छन्।

उनका अनुसार जाजरकोट भूकम्पका बेला स्थलगत रिपोर्टिङ गर्दै सरोकारवालाबीच समन्वय स्थापित गर्न, रेडियो कार्यक्रममार्फत प्रभावित समुदायका लागि राहत, उद्धार र सूचनाको प्रभावकारी प्रवाह गर्न तथा काभ्रेको ठूलो पर्सेल क्षेत्रका तीन सयभन्दा बढी स्थानीयको स्वास्थ्य समस्या समाधानका लागि सञ्चारमाध्यममार्फत समन्वयकारी भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा चन्दलाई सम्मान गरिएको हो।

कार्यक्रममा समाज सुधार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हिरालाल खड्काले परिवर्तन गाउँपालिका–३ केवरीमा जन्मिएका चन्दले पत्रकारितामार्फत लाखौँ युवालाई प्रेरित गर्न सफल भएको भन्दै सम्मान गर्न पाउँदा गर्व लागेको बताएका छन्। समाजमा सकारात्मक परिवर्तनका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने अभियान यस वर्षदेखि सुरु गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिइने उनले बताएका छन्।

सम्मान ग्रहणपछि चन्दले आफ्नै जन्मथलोमा सम्मानित हुन पाउँदा खुसी लागेको भन्दै यसले पत्रकारितामार्फत समाज रूपान्तरणको अभियानमा अझ सक्रिय भएर लाग्न थप ऊर्जा र जिम्मेवारी दिएको बताएका छन्। उनले जुनसुकै पेसा, व्यवसाय वा क्षेत्रमा रहे पनि फरक सोच, लगाव र समर्पणका साथ काम गर्ने व्यक्ति परिवर्तनको संवाहक बन्न सक्ने धारणा राखेका छन्।

कार्यक्रममा परिवर्तन गाउँपालिका–३ का वडाध्यक्ष खिमविक्रम चन्दले यस्ता सम्मानले समाजमा सकारात्मक योगदान दिने व्यक्तिहरूको मनोबल बढाउने र युवा पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

0 Comments